बैतडीको डिलाशैनी गाउँपालिका–३ स्थित महादेव मावि पङसेरामा सेनेटरी प्याड मेसिन भेन्डिङ मेसिन जडान भएको छ ।
महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरुलाई सजिलो होस् भन्ने हेतुले मेसिन जडान गरिएको हो ।
करीब एक लाख १५ हजारको लगानीमा सेनेटरी प्याड मेसिन जडान गरिएको छ भने १४ लाखको लागतमा सेनेटरी प्याड व्यवस्थापन गर्ने सुविधासहितको शौचालय निर्माण भएको विद्यालयले जनाएको छ । यसले छात्रा तथा शिक्षिकाहरुलाई सजिलो भएको छ ।
यो सुन्नुहोस अडियो रिपोर्ट :
बिनोद सिंह बिष्ट/रासस