काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । सोमबार ५०० सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।


ADVERTISEMENT


सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ७६ हजार पुगेको छ । आइतबार ७५ हजार ५०० कायम रहेको छापावाल सुनको मूल्य सोमबार ५०० बढेको हो ।  तेजावी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ७५ हजार ७ सय पुगेको छ ।


ADVERTISEMENT

# # #


पछिल्लो केही समयदेखि सुनको मूल्यमा घटबढ भइरहेको भएपनि केही दिन यता भने बढ्ने क्रम जारी छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ पुगेको छ।