काठमाडौँ – सातौँ संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश हुन आवेदन खुला गरिएको छ । फोटो जर्नालिस्ट क्लब, नेपालले आफू खिचेका फोटोलाई प्रतियोगितमा समावेश गर्न आग्रह समेत गरेको छ ।


ADVERTISEMENT


ग्लोबल आइएमई बैंक नेपालका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिता शुरु भएको घोषणा गरे। विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएका छन् । व्यावसायिक र सौखिन सबै खाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन सक्ने छन् ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा विदेशी नागरिक र विदेशमा खिचिएको फोटोलाई समावेश गरिने छैन । खेलकूद विधामा नेपाल बाहिर खिचिएको तस्वीरलाई समावेश गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो अवसरमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ प्रबन्धक सुरज राजवाहकले पाँच वर्षदेखि कम्पनीले फोटो प्रतियोगितामा क्लबसँग सहकार्य गर्दै आएको बताए ।