रुपन्देही – करिब १५ केजी अवैध लागूऔषध चरेशसहित २ जना पक्राउ परेका छन् । प्रहरीले तिलोत्तमा नगरपालिका–३ जानकीनगरबाट आईतबार दिउँसो गुल्मीका २७ वर्षीय संजय राउत र ३२ वर्षीय पदम थापालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


ADVERTISEMENT

# # #