काठमाडौं – जाउलाखेल युथ र एनआरटी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।


ADVERTISEMENT


दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । बराबरीसँगै दुवै टोलीले एक एक अंक पाए । यससँगै जाउलाखेलले पाँच खेलबाट नौ अंक बनाएको छ ।


ADVERTISEMENT

# # #


एनआरटीको समान खेलबाट पाँच अंक छ । अघिल्लो सिजन लिगको अन्तिममा रहेकोले यसपटक एनआरटीको दुई अंक घटाइएको छ । एन्फाले अघिल्लो बर्ष रेलिगेसन विनाको लिग सञ्चालन गरेको थियो । सोही कारण अन्तिममा रहने दुई टोलीको यसपटक एक र दुई अंक घटाउने प्रावधान छ ।