एजेन्सी – अमेरिकी हवाई हमलामा मारिएका ईरानका सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको अन्तिम संस्कारका लागि ईरानमा मानव सागर उर्लिएको छ । सुलेमानीको अन्तिम श्रद्धाञ्जलीका लागि लाखौँको संख्यामा इरानी जनता सोमबार ईरानको राजधानी तेहरानमा उत्रिएका हुन् ।


ADVERTISEMENT


ईरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईको नेतृत्वमा सोमबार तेहरानमा सुलेमानीको आत्माको शान्तिको प्राथना गरिएको छ । जसमा राष्ट्रपति हसन रूहानी, प्रधान न्यायाधीश, संसदका सभामुखसहित वरिष्ठ अधिकारीसमेत सामेल भएका छन् ।


ADVERTISEMENT

# # #


ईरानमा कासिम सुलेमानी एक राष्ट्रिय नायकका रुपमा रहेका थिए । उनलाई ईरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईपछिका सर्वशक्तिशाली व्यक्ति मानिन्थ्यो । उनको मृत्युपछि खामेनेईले अमेरिकासँग सुलेमानीको मृत्युको बदला लिने बताएका थिए ।

जनरल कासिम सुलेमानी शुक्रवार बग्दाद हवाई अड्डाबाहिर अमेरिकी ड्रोन हमलमा मासिएका थिए । जनरल सुलेमानी र ईरान समर्थित सैन्य अधिकारी कारमा बग्दाद एयरपोर्ट गइरहेका थिए । एक कार्गो इलाकेमा अमरीकी ड्रोनले उनीमाथि हमला गरेको थियो ।

हमलामा इराकी शिया प्यारामिलिटरी समूह काइतिब हेजबुल्लाहका कमाण्डर पनि मारिएका थिए ।