एजेन्सी ।


ADVERTISEMENT


आर्सनल एफए कप फुटबलको चौथो चरणमा प्रबेश गरेको छ । गएराती भएको एक मात्र खेलमा लिड्स युनाईटेडलाई १–० ले हराउँदै आर्सनलले अघिल्लो चरणको यात्रा तय गरेको हो ।


ADVERTISEMENT

# # #


आर्सनलको जितमा खेलको ५५ औँ मिनेटमा रिस नेल्सनले गरेको गोल निर्णायक बन्यो । निक्कै प्रतिस्पर्धात्मक खेलमा लिड्सले खेलमा पकड बनाएपनि पाएका अवसरको भने सदुपयोग गर्न सकेन् । ५८ प्रतिशत बल पोजिशनको खेलमा लिड्सका आधा दर्जन अवसर खेर गएका थिए ।

खेलमा पकड जमाउन नसकेपनि आर्सनलले लिड्सको पोष्टमा लगातार काउन्टर अट्याक गरेको थियो । यो जितसँगै आर्सनलले अक्टोबरपछि लगातार दोस्रो जित हात पारेको हो ।