एजेन्सी – गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


बीबीसीमा प्रकाशित समाचारअनुसार ४८ भन्दा बढी घाइते भएका छन् । केरमन शहरमा गरिएको सुलेमानीको अन्त्येष्टीमा मानवसागर उर्लेको थियो । उनी यही शहरका बासिन्दा थिए । यहीँ उनको अन्तिम संस्कार हुनेछ ।

अन्त्यष्टीमा सहभागी हुन देशभरबाट मानिसहरु ओइरिएका छन् । यसअघि अहवाज र तेहरानमा पनि उत्तिकै भिड जम्मा भएको थियो ।


ADVERTISEMENT

# # #


भागदौडको घटनाबारे विस्तृत समाचार आउन बाँकी छ ।