काठमाडौं – प्रहरीले अनलाईनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । काठमाडौँमा विभिन्न व्यवसाय गरेर बस्दै आएका उनीहरुलाई प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा काठमाडौं सतुंगल बस्ने रौतहटकी २८ वर्षीया सर्मिला कुमारी श्रेष्ठ, काठमाडौंको हाँडीगाँउ बस्ने मोरङका अलङकार जैन, क्षेत्रपाटी बस्ने भारतका ४९ वर्षीय नविन अग्रवाल, बौद्ध बस्ने भारतकै ५२ वर्षीय आनन्द अग्रवाल र काठमाडौं बालाजु बस्ने ४० वर्षीय सुशिल गुरुङ रहेका छन्


ADVERTISEMENT

# # #


महानगरीय अपराध महाशाखाका अनुसार उनीहरुले अनलाईनमार्फत् ठगी धन्दा संचालन गरेका थिए । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।