काठमाडौँ – झापास्थित बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले २० करोड माग गरेको खुलेको छ ।


ADVERTISEMENT


मेडिकल कलेज सञ्चालनका लागि प्रक्रिया नपुगेको भन्दै उनले २० करोड घुस माग गरेको पाइएको हो ।


ADVERTISEMENT

# # #


प्रा.डा. गिरीले गत मंसिर १५ गते काठमाडौँको द्वारिका होटलमा आफूलाई भेट्न बोलाएर उक्त रकम घुस मागेको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले खुलासा गरेका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सञ्चालक प्रसाईले सम्बन्धनका लागि प्रा. डा गिरीले उक्त रकम माग गरेको प्रसाईले दाबी गरेका हुन् ।

सम्बन्धन लागि निवेदन लिएर जाँदा दर्ता नै नगरी प्रा.डा गिरिले बेलुका द्वारिकामा बोलाएको प्रसाईले बताए । आफ्नो सम्बन्धनका विषयमा न्याय नपाईए माघ पहिलो हप्तासम्म अदालत जाने तयारी गरिरहेको उनले जानकारी गराए ।