काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले रुपन्देहीको मुर्गियामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले बुधबार सैनामैना नगरपालिका वडा नं. ४, मुर्गियामा शाखा विस्तार गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औद्योगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देही जिल्लाको मुर्गिया स्थित शाखा कार्यालयले त्यस क्षेत्रको पूँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको बताए ।


ADVERTISEMENT

# # #


विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालज्यूले आधुनिक सुविधा सहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकहरुले सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्ने बताए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।