एजेन्सी – सौर्य मण्डलबाहिर जीवको सम्भावना रहेको नयाँ ग्रह पत्ता लागेको छ । अन्तरिक्षसम्बन्धी अध्ययन गरिरहेको नासाको विशेष विमानको दूरबिनले नयाँ ग्रह पत्ता लगाएको हो ।


ADVERTISEMENT


पृथ्वीभन्दा एक सय प्रकाश वर्ष टाढा रहेको उक्त ग्रहको नाम ‘टीओआई ७०० डी’ राखिएको छ । उक्त ग्रह पृथ्वीभन्दा २० प्रतिशत ठूलो रहेको बताइएको छ ।  वैज्ञानिकले यसमा जीव रहनसक्ने अनुमान गरेका छन् । यसमा पानी  हुनसक्ने अनुमान गरिएको छ ।


ADVERTISEMENT

# # #


अरु के छ रोचक ?

यस ग्रहको आफ्नै सूर्य रहेको छ । जसलाई परिक्रममा गर्न यो ग्रहले ३७ दिन मात्रै लगाउँछ । आर्थात् यहाँ वर्षमा ३७ दिन मात्रै हुन्छ । जबकी पृथ्वीले सूर्यको परिक्रममा गर्न ३६५ दिन ६ घण्टा लगाउँछ र वर्षमा ३६५ दिन हुन्छ ।

ग्रह टीओआई ७००डी पृथ्वीको तुलनामा सूर्यबाट ८६ प्रतिशत मात्रै उर्जा प्राप्त हुन्छ । किनकी यसको सूर्य पृथ्वीको सूर्यमण्डमा रहेको सूर्यको द्रव्यमान (मास)को लगभग ४० प्रतिशत रहेको छ र प्रकाशको ताप पनि आधा रहेको छ ।

अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीको वर्षिक बैठकमा भयो घोषणा

सोमबार अमेरिकी एस्ट्रोनोमिकल सोसाइटीको बैठकमा नयाँ ग्रह पत्ता लागेको जानकारी दिइएको थियो। नासाका एस्ट्रोफिजिक्स डिभिजनका निर्देशक पल हर्जको घोषणा अनुसार स्पेसक्राफ्टको दूरबीन राखिने ठाउँबाट तीनवटा ग्रह देखिएका थिए । जसमा ‘टीओआई ७०० बी’ ‘टीओआई ७०० सी’ र ‘टीओआई ७०० डी’ रहेका छन् ।

नयाँ ग्रह खोज्ने नासाको टेलिस्कोपलाई ‘टेस’ नाम दिइएको छ। नासा प्रधान कार्यालय, वासिङ्टनका एस्ट्रोफिजिक्स डिभिजन डाइरेक्टर पल हर्जका अनुसार टेस अन्तरिक्षमा पृथ्वी आकारका ग्रह पत्ता लगाउन डिजाइन गरिएको हो।

टेस टेलिस्कोपको अर्को मुख्य खोज दुइटा तारा परिक्रमा गर्ने ग्रह हो। ‘टिओआइ १३३८ बी’ नामको ग्रह ‘पिक्ट’ मण्डलमा दुइटा तारा घुम्ने एक मात्र ग्रह हो।

‘ताराहरू नजिकै घुम्ने पृथ्वीजत्रै ग्रह पत्ता लगाउन टेस छाडिएको हो,’ हर्जको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ, ‘पृथ्वी र अन्तरिक्षमा ठूला टेलिस्कोप हुँदा तारानजिक भएका ग्रह पत्ता लगाउन सहज हुन्छ। टेसका लागि यो नयाँ ग्रहको खोज महत्वपूर्ण छ। अब चाँडै स्पिट्जर नामको टेलिस्कोपले ग्रहको आकार र जीवन सम्भाव्यता निश्चित गर्‍यो भने विज्ञानमा अर्को जित हुनेछ।’

यो ग्रह एकातिर मात्र फर्केर ताराको परिक्रमा गर्ने हुनाले यहाँको मौसम हाम्रा लागि भयानक पनि हुन सक्छ।