आमा सृष्टि हुन् । सृष्टि नै प्रकृति हो । आफ्नो गर्भमा राखेर ममताको संसार सुम्पेर धर्तिमा खुट्टा टेकाउने आमा हुन् ।

ब्रह्माण्डमा सन्तानको लागि आमाभन्दा ठूलो केही हुँदैन । सबै सन्ततीहरुमा मातृत्व भरिएको हुन्छ । बुवा र आमाको सम्पर्कले जन्मिएको सन्तान नै समयको रुप हो ।


ADVERTISEMENT


चराचर जगतलाई चलाउने प्रकृतिको नियममा आमा सर्बश्रेष्ठ रचनाकार हुन् ।


ADVERTISEMENT

# # #


पढ्नुहोस्, आमाबारे क कस्ले के के भनेका छन् ?

१. मेरी आमा नै मेरो शक्ति हुन् । –एलिसिया किज

२. जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन

३. जब एउटा बच्चा जन्मिन्छ त्यो बच्चाको जन्मको जन्मसँगै आमाले पनि पुर्नजन्म लिन्छिन् । – गिल्र्बट पार्कर

४. मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट

५. रुनको लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ आमाको अंगालो हो । – जोडी पिकल्ट

६. आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु । – जर्ज वासिंगटन

७. मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ ।लियोनार्डो डिकाप्रियो

८. संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ । – अज्ञात

९. मैले मेरो जीवनमा देखेकी महिलाहरुमध्ये मेरी आमा सबैभन्दा राम्री महिला हुन् । – जर्ज आशिंटन

१०. मेरो लागि मेरी आमा सर्वगुण सम्पन्न व्यक्ति हुन् । – माइकल ज्याकसन

११. मायाको सुरुवात र अन्त्य मातृत्वबाट नै हुन्छ । – रोबर्ट ब्रोनिङ्ग

१२. बच्चाको पहिलो शिक्षक भनेको उसको आमा हो । – पंग लियुअन