काठमाडौं । सडक नियम उल्लंघन गर्ने जो कोही भए पनि कानूनी कारवाही निर्दयिताका साथ गरी कसैलाई पनि सहुलियतको सुविधा नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


बिहिबार विहान महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिदै सो कुरा बताएका हुन् ।


ADVERTISEMENT

# # #


सडकमा डिउटी गरिरहेको ट्राफिक प्रहरी राष्ट्रिय र अन्तराष्ट्रिय जगतको निगरानीमा रहने भएकाले उसको बोली, बचन व्यवहार अनुशासन र निश्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छवीमै प्रभाव पार्ने भएकाले ट्राफिक प्रहरीले संगठनको ऐनाको रूपमा आफुलाई प्रस्तुत गर्नु पर्ने बताए ।

धुलो धुवा, घाम पानी नभनी हरपल डिउटीमै खटिने ट्राफिक प्रहरी एउटा सानो गल्ती वा लोभले समग्र संगठनलाई आलोचित र लज्जित पार्ने हुनाले आर्थिक पक्षमा श्भचय त्यभिचबलअभ को नीति अबलम्बन गर्न निर्देशन दिदै राम्रो काम गर्ने कर्मचारीहरूलाई नागरिकको साथ सदैव रहने स्मरण गराउदै गलत क्रियाकलाप गरेमा कसैको समर्थन नहुने हुनाले नागरिकको समर्थन प्राप्त गर्ने गरि कार्य गर्नु पर्ने उनले बताए ।

सबै क्षमता र ओहदाका नागरिकहरूसंग ट्राफिक प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार्दै बोली वचन र व्यवहारमा शिष्टता र नम्रता अपनाउन र कानून कार्यान्वयनमा निर्ममता अपनाई कार्य गर्न पनि मातहत कर्मचारीहरुलाई उनको निर्देशन छ ।