अमेरिका, क्यानडा र ब्रिटेनले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचरी स्रोतहरूबाट सङ्केत मिलेको बताएका छन्।


ADVERTISEMENT


उनीहरूले भुलवश इरानले त्यो विमानमा क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने बताएका हुन्।इरानमा गत बुधवार बिहान १७६ जना सवार युक्रेनको बोइङ-७३७ विमान दुर्घटनामा पर्दा त्यसमा सवार सबै जनाको ज्यान गएको थियो।


ADVERTISEMENT

# # #


इरानी सरकारका एक प्रवक्ताले चाहिँ सो आरोपप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्।इरानी अधिकारीहरूले “हास्यास्पद” भन्दै पछिल्लो रिपोर्टलाई अस्वीकार गरेका छन्। त्यसलाई उनीहरूले अमेरिकी “मनोवैज्ञानिक कारबाही”को एउटा हिस्सा भनेका छन्।

विमानमा यात्रा गरिरहेका यात्रुहरूका देशलाई दुर्घटनाको कारण पत्ता लगाउने अनुसन्धान गर्न आफ्ना प्रतिनिधि इरान पठाउन आग्रह पनि गरेका छन्।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उक्त विमान दुर्घटनाको समय हेर्दा इरानले अमेरिकासँग बदला लिन तयारी गरिरहेका बेला भुलवश त्यसलाई अमेरिकी लडाकु विमान ठानेको हुन सक्छ।

सीबीएस न्यूजले अमेरिकी गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै जनाए अनुसार प्रहार गरिएका दुईवटा क्षेप्यास्त्रमा एउटा भू-उपग्रहले इन्फ्रारेडसम्बन्धी कमजोरी पत्ता लगाएको थियो।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र वरिष्ठ अमेरिकी गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै न्यूजवीकले युक्रेनी विमानलाई रुसमा निर्मित टोर क्षेप्यास्त्रबाट मार हानिएको हुन सक्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।