काठमाण्डाै –


ADVERTISEMENT


मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्रका तीन–तीन जना खेलाडी प्रतिबन्धमा परेका छन् ।


ADVERTISEMENT

# # #


मनाङका जगजित श्रेष्ठ, अशाेक बराल र रञ्जन विष्ट तथा मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल प्रतिबन्धमा परेका हुन् । अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) काे अनुशासन कमिटीले मनाङ र मछिन्द्रका खेलाडीलाई आर्थिक जरिबानासहित प्रतिबन्ध लगाएको हाे ।

एन्फाका अनुसार मनाङका जगजित श्रेष्ठलाई ५ खेलको प्रतिबन्धसहित १० हजार रुपैयाँ जरिबाना गरिएको छ । मनाङकै अशोक बराललाई ६ खेलसहित १० हजार रुपैयाँ जरिबाना गरिएको छ । उनले खेलमा राताे कार्ड पनि पाएका थिए । मनाङकै रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध गरिएको छ ।