काठमाडौँ– एसीसी यू–१९ एसिया कप छनोट खेलको लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ टिमका मुख्य प्रशिक्षक विनोद दासले २८ जना खेलाडी प्रारम्भिक चरणमा छनोट गरेका हुन् ।


ADVERTISEMENT


छनोट हुने खेलाडीहरूमा सन्दिप लामिछाने, अनिल कुमार शाह, सन्दिप सुनार, दिपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, प्रकाश केसी, पवन सर्राफ, रोहित कुमार पौडेल, रिजन ढकाल प्रनित थापामगर, शाहव आलम, आदिल खान र आशिफ शेख रहेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, किशोर महतो, विक्रम कुमार भूषाल, सन्दिप जोरा, रसिद खान, शुसान्तसिंह थापा, नन्दन यादव, कमलसिंह ऐरी, सुमित महर्जन, जितेन्द्रसिंह ठकुरी, मिनास थापा, अंकित सुवेदी, हरी चौहान, अभिनाष कर्ण, भिम सार्की र रविन्द्र जंग शाही रहेका छन् ।

बन्द प्रशिक्षण अगष्ट १८ तारिखदेखि सु्रु हुनेछ । छनोट खेल मलेसियामा आगामी सेप्टेम्बरको ८ देखि १७ तारिखसम्म हुनेछ ।