काठमाडौँ–  नेपाली कांग्रेसका सांसदहरुले एक महिना बराबरको रकम बाढी पीडित उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।


ADVERTISEMENT


आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले बाढी पीडितको उद्धार र राहत कार्यमा सहयोग पुगोस् भनेर कोषमा एक महिनाको तलब दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले पीडितको उद्धार तथा राहत कार्यलाई तिव्रता दिन पनि सरकारलाई आग्रह गरेको छ । साथै पार्टीपंक्ति लगायत सबै पक्षलाई उद्धार तथा राहतमा जुट्न निर्देशन दिइएको छ ।