• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




दोमुखा क्षेत्र आकर्षक गन्तव्य

Jan 12, 2020 |

दोमुखा क्षेत्र आकर्षक गन्तव्य

408
SHARES
ShareTweet
झापाको शिवसताक्षी नगरपालिका–१० मा रहेको दोमुखा क्षेत्र आकर्षक गन्तव्य बनेको छ । अहिले यहाँ क्षेत्रमा दैनिक वनभोजका लागि दुई हजार ५०० बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
इलामको महमाई नगरपालिकासँग सीमा जोडिएको सो क्षेत्रमा देखिने हरिया चुरे पहाड, कनकाई नदीमा ड्यामबाट झरेको पानी, नदी किनारमा रहेको समथल भू–भागमा बनाएको कृत्रिम उद्यान नै पर्यटकका लागि थप आकर्षणका केन्द्र हुन् । विशेषगरी मङ्सिर, पुस, माघ र फागुन महिना वनभोजको महिना भएको हुँदा दैनिक आन्तरिक तथा बाह्य गरी दुई हजार ५०० पर्यटक आउने गरेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास क्षेत्रका अध्यक्ष धनबहादुर लावतीले जानकारी दिनुभयो ।
पूर्वपश्चिम राजमार्गको माईधार चोकबाट करीब चार किलोमिटर उत्तर रहेको सो क्षेत्रमा नगरभित्रकै सबैभन्दा सुविधासम्पन्न होटलसहित ठूला–साना गरी आधा दर्जन होटल सञ्चालनमा छन् । होटलमा कनकाई नदीमा पाइने माछा, घुँगी, गङ्गटाहरुसमेत पाइने गरेको छ । झापाका अन्य पर्यटकीय क्षेत्रभन्दा पृथक रहेको सलल बग्ने कनकाई नदी किनारमा रहेको यस सुन्दर पर्यटकीय क्षेत्रको पर्यापर्यटन विकासका लागि थप पूवधार निर्माण गर्न सङ्घीय र स्थानीय सरकारले चालू आर्थिक वर्षमा रु ४०-४० लाख रकम विनियोजन गरेका छन् । रु २३ करोड लगानीमा सो क्षेत्रको पर्यापर्यटन पूर्वाधार विकास अगाडि बढेको छ ।
उद्यानमा जिल्लामा रहेका विभिन्न जातजातिका पहिचान झल्कने सामग्री राखिने छ । नदीकै काखमा रहेको यस क्षेत्रमा फिसिङ गर्न चाहनेका लागि व्यवस्था गर्न सक्ने हो यसले जिल्लामै छुट्टै पहिचान बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने अध्यक्ष लावतीले बताउनुभयो ।

#




#
#

#







#




#

#


Share:

Rate:

Previousमहिलाहिँसा बिरुद्धको अभियान बन्दै चलचित्र ‘भोर’, ३ नम्बर प्रदेशभरी प्रदर्शन हुँदै
Nextजङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी अर्पण

ताजा खबर

  • एसीसी यू-१६ पूर्वी क्षेत्र कपको उपाधि नेपाललाई, सिंगापुर २ विकेटले पराजित
  • मनसुनको हावापानीको अवस्था अद्यावधिकः यस वर्ष मधेसको दक्षिण भूभागमा कम वर्षा हुने
  • ‘नेशनल म्यूजिक अवार्ड २०८१’ गर्दै रेडियो कान्तिपुर, कुमा र दुर्गेशसहितको भव्य कन्सर्ट हुने
  • ‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’
  • काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक : नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने सदस्यहरुको जोड

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved