फिलिपिन्समा ज्वालामुखी बिस्फोटपछि ८ हजार बढीलाई सुरक्षित स्थानमा सारिएको छ । राजधानी मनिलाबाट १ किलोमिटर दुरीमा रहेको ताल नामक ज्वालामुखीबाट खरानीसहितको धुलो वायुमण्डलमा फैलिएपछि सतर्कता अपनाइएको अधिकारीहरुले बताएका छन् ।


ADVERTISEMENT


अधिक सक्रिय रहने ताल ज्वालामुखी क्षेत्रबाट ठूलो आवाज आउनुका साथै आसपासका क्षेत्रमा कम्पन समेत महसुस गरिएको थियो । केही साताभित्र ठूलो बिस्फोट हुनसक्ने भन्दै प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको बीबीसीले उल्ल्खे गरेको छ ।


ADVERTISEMENT

# # #