काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रा. लि. बीच व्यापार सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौताअनुसार ओम्नीमोटर्स प्रा. लि. मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा Bharat Benz ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहमा कर्जा सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ओम्नीमोटर्स प्रा. लि. का तर्फबाट निर्देशक उदयनकाब्राले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।