काठमाडौं । भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न पाँच कम्पनीले नक्कली भ्याट बिल बनाएर कर छली गरेको सर्वोच्च अदालतले ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले भाटभटेनी सुपरमार्केट, अरूण इन्टरकन्टिनेन्टल, शंकर ग्याँस, महेश बानियाँ र आइएटी प्रालिले कर छलेको ठहर गरेको हो।


ADVERTISEMENT


१० वर्षअघि  साे कर छलीको अनुसन्धान भएको थियो।


ADVERTISEMENT

# # #


राजस्व न्यायाधीकरणबाट कर छलीमा दोषी ठहर भएपछि पाँचै कम्पनीले सर्वोच्चमा पुनरावेदन दिएका थिए। न्यायाधीकरणको फैसला चित्त नबुझाएर कतिपयमा राजस्व विभाग पनि सर्वोच्च गएको थियो।

भाटभटेनी सुपरमार्केटसहित अरू २४ विभिन्न व्यापारिक प्रतिष्ठान र कम्पनीले किन्दै नकिनेको सामानको भ्याट बिल देखाएर अर्बौं कर छली गरेको छानबिनले देखाएको थियो। त्यतिबेला २ अर्ब ७० करोड जति भ्याट छली भएको अनुसन्धानले देखाएको थियो। तीमध्ये भाटभटेनी सुपरमार्केटले नक्कली बिल बनाएर २ वर्षमा ९ करोड भ्याट छलेको उल्लेख थियो।