सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रिएपछि शल्यक्रिया सेवा नै बन्द भएको छ । प्लाण्ट बिग्रिएपछि प्रतिष्ठानका चारवटा अप्रेशन थिएटरमा जाने मुख्य पाइपलाइनबाटै अक्सिजन आपुर्ती ठप्प हुँदा शल्यक्रिया हुन नसकेको हो ।


ADVERTISEMENT


प्रतिष्ठानमा सामान्य, मध्यम र ठूला गरी दैनिक ७० देखि ८० वटा शल्यक्रिया हुने गरेको छ । तर प्लाण्ट एक्कासी बिग्रेपछि थिएटरमा लगिसकेका बिरामीलाई समेत शल्यक्रिया नगरी निकालिएको थियो । आकस्मिक र सघन उपचार कक्षमा भने अक्सिजन सिलिण्डर राखिएका छन् । दैनिक ३५ सय विरामी उपचारकालागि पुग्ने गरेको प्रतिष्ठानमा अक्सिजन प्लाण्टकै कारण शल्यक्रिया रोकिएको यो पहिलो पटक हो ।


ADVERTISEMENT

# # #