सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पहलमा औपचारिक रुपमा राष्ट्रिय एकता–योगको सान्दर्भिकता भन्ने नाराका साथ योग दिवस मनाउन लागिएको हो ।


ADVERTISEMENT


मन्त्रालयका सह सचिव कृष्ण प्रसाद काप्रीका अनुसार मन्त्रिपरिषदबाट २०७२ साउन २८ मै योग दिवस मनाउने निर्णय गरिए पनि औपचारिक रुपमा भने यस वर्षदेखि राष्ट्रिय दिवसकै रुपमा मनाउन लागिएको हो । शरिरीक, मानसिक र संवेगात्मक व्यवहारका रुपमा पनि योगलाई चित्रण गरिएको छ ।


ADVERTISEMENT

# # #


सरकारले आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा योगलाई ऐच्छिक विषयका रुपमा लागु गर्ने तयारी गरेको छ ।