पूर्वी अफ्रिका जाम्बियामा जन्मिएका सिल्भेन टिओ थाइल्याण्डबाट तीनपाङ्ग्रे अटो अर्थात् टुकटुक चढेर नेपाल आइपुगेका छन्।विश्वभरिका मानिसहरू बस्ने घरको अवस्थाबारे अध्ययन र अव्यवस्थित बासस्थानबाट बालबालिकाको सुरक्षा कसरी गर्ने भन्ने बारे जनचेतना अभिवृद्धि गर्ने मूल लक्ष्य रहेको उनको भनाइ छ।


ADVERTISEMENT


पेसाले आर्किटेक्ट इञ्जिनियर उनी विश्वयात्राका क्रममा थाइल्याण्डबाट झण्डै ८ हजार ४०० किलोमिटर दूरी तय गर्दै नेपाल आएका हुन्।टुकटुक गाईुका नामले चिनिएका २६ वर्षीय सिल्भेनले टुकटुकलाई खाने, बस्ने, सुत्ने समेत मिल्ने गरी परिमार्जन गरेका छन्।


ADVERTISEMENT

# # #


मानिसहरूसँग घुलमिल हुन र सहकार्य गर्न सजिलो हुने भएकोले आफूले यात्राका लागि टुकटुक रोजेको उनी बताउँछन्।हालसम्म छ देश पुगेका उनले थप ३५ हजार किलोमिटर दूरी तय गरी झण्डै २० देश घुमेर बेल्जियम पुग्ने लक्ष्य राखेका छन्।
स्रोत बीबीसी नेपाली