एजेन्सी ।


ADVERTISEMENT


ब्राजिलियन स्टार मार्किन्होसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँगको सम्झौता थपेका छन् ।पीएसजीका डिफेन्डर मार्किन्होसले क्लबसग साढे चार बर्षको नयाँ सम्झौता गरेका हुन् ।


ADVERTISEMENT

# # #


सम्झौतासँगै उनी सन् २०२४ सम्म क्लबमै रहनेछन् । उनले साविकको सम्झौतामा साढे २ बर्ष समय थप गरेका हुन् ।मार्किन्होस क्लबका उप कप्तान हुन् । ब्राजिलियन टिमका कप्तान रहेका थिएगो सिल्भासँगै उनी खेल्ने गर्छन् ।

सन् २०१३ मा मार्किन्होस ईटालियन क्लब रोमाबाट पीएसजी आएका थिए । उनले पीएसजीलाई पाँच पटक लिग वानको उपाधि जिताउन सहयोग गरेका थिए ।क्लबले बिज्ञप्ती जारी गर्दै मार्किन्होससँगको सम्झौता नविकरण भएको जनाएको छ ।