काठमाडौ । गायिका श्रृङखला जोशीको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘तिम्रो आवाज’ बोलको गीतको कम्पोज उदय सोताङ्गले गरेका हुन् । बिष्णु बाबु देवकोटाको शब्द रचना रहेको यसगितमा कृष्ण लिम्बुको एरेञ्ज रहेको छ ।


ADVERTISEMENT


द भ्वाइस अफ नेपालको सिजन दुई मा सहभागी भएर चर्चामा आएकी श्रृङखलाको यो पहिलो गीत हो । यसको भिडियो राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । यसमा गायिका स्वयंले अभिनय गरेकि छिन् । साथमा उनलाई अभिनेता अजस्र ढुंगानाले साथ दिएका छन् ।


ADVERTISEMENT

# # #


म्युजिक भिडियोको निर्देशन सुब्रत राज आचार्यले गरेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् । नविन निरौलाको सम्पादन रहेको गितमा नेपालकी पहिलो नायिका भुवन चन्दको पनि अभिनय देख्न सकिन्छ। श्रृङखला वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीकी छोरी हुन् । म्युजिक भिडियो