काठमाडौँ –एकदिवसीय विश्वकप र टेस्ट क्रिकेटमा वर्षभरि उत्कृेष्ट प्रदर्शन गरेका इङ्गल्याण्डका अलराउन्टर बेन स्टोक्स अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) पुरुष वर्ष खेलाडीमा चुनिएका छन् । उनले ‘सर गारफिल्ड सोबर्स ट्रफी’ जितेका हुन् ।


ADVERTISEMENT


स्टोक्सले गत जुन–जुलाईमा इङ्गल्याण्डमा भएको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा न्यूजिल्याण्डविरुद्ध नटआउट ८४ रनको शानदार पारी खेल्दै पहिलो पटक इङ्गल्याण्डलाई विश्वकप जिताएका थिए । उनले भोटिङ अवधिभर उनले खेलेका २० एकदिवसीय खेलमा ७१९ रन हानेका थिए भने १२ विकेट झारेका थिए । यस्तै उनले ११ टेस्ट खेलमा २२ विकेट र ८२१ रन बनाएका थिए ।


ADVERTISEMENT

# # #


‘पुरुष वर्ष खेलाडीका लागि सर गारफिल्ड सोबर्स ट्रफी जित्नु मेरोलाखि खुसीको कुरा हो । यसले मलाई अझ हौसला प्रदान गर्नेछ ।’ ट्रफी जितेपछि स्टोक्सले भने, ‘गएका १२ महीना इङ्गल्याण्ड क्रिकेटका लागि अविश्वसनीय रहे । हामीले यही अवधिमा घरेलू मैदानमै भएको एकदिवसीय विश्वकपको उपाधी समेत जत्यौँ ।’

उत्कृष्ट एक दिवसीय खेलाडीमा रोहित शर्मा

आइसीसी उत्कृष्ट एकदिवसीय खेलाडीको उपाधी भारतीय टिमका उपकप्तान रोहित शर्माले जितेका छन् । अष्ट्रलियाका तीव्र गतिका बलर प्याट कमिन्स उत्कृष्ट टेस्ट खेलाडी घोषित भएका छन् । यस्तै भारतका दीपक चहारले उत्कृष्ट टी २० अन्तर्राष्ट्रिय प्रदर्शनको अवार्ड जितेका छन् भने

इमर्जिङ खेलाडीमा मार्वस लाम्बुस्छाङ्गेले हात पारेका छन् । एशोसियट क्रिकेटर अफ दि एयरको अवार्ड स्कटल्याण्डका कप्तान कायल कोयट्जरले जितेका छन् ।