काठमाडौं–  सामसङ मोबाइलले ‘अनबक्स ८ बेनिफिट’ नामक योजना प्रस्तुत गरेको छ । उक्त योजना अन्तर्गत दुई मोडलका ग्यालेक्सी एस८ र ग्यालेक्सी एस८ प्लस मोबाइल खरिदमा ग्राहकले ८ प्रमुख सुविधाहरु पाउने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


कम्पनीले थप गरेको मोबाइल सेटको कलर एस८ प्लस मा अर्किड ग्रे तथा एस८मा कोरल ब्लु, ७००० रुपैयाँ क्यास ब्याक, ब्रेकेज इन्सुरेन्स, ८ महिनासम्मको लागि एनसेल डाटा प्याक, ५० प्रतिशत छुटमा वायरलेस चार्जर, फोरजी योजना, स्मार्ट एकेडेमी तथा सर्भिस सेन्टरमा भि आइ पि सुविधा रहेका छन् ।


ADVERTISEMENT

# # #


स्मार्टफोन खरिदमा ग्राहकलाई उपलब्ध हुने ८ प्रमुख सुविधाहरुः

थप गरिएको दुई कलर– ग्यालेक्सी एस८ तथा ग्यालेक्सी एस८ प्लसको विद्यमान कलरका साथै अतिरिक्त दुई कलर पनि थप गरिएको छ । अब ग्यालेक्सी एस८ प्लस मिडनाईट ब्ल्याक, म्यापल गोल्ड र कोरल ब्लु का अतिरिक्त अर्किड ग्रे तथा ग्यालेक्सी एस८ मिडनाईट ब्ल्याक र म्यापल गोल्डका अतिरिक्त कोरल ब्लु कलरमा पनि उपलब्ध रहेका छन् ।

क्यास ब्याक– योजना अवधिभर दुबै मोडलहरुको खरिदमा ७ हजार रुपैयाँ छुट गरिएको छ । छुट पछि ग्यालेक्सी एस८ को मूल्य ८१ हजार ९०० रुपैयाँ तथा ग्यालेक्सी एस८ प्लसको मूल्य ९१ हजार ९०० रुपैयाँ हुने छ ।

ब्रेकेज इन्सुरेन्स– शिखर इन्सुरेन्ससँगको सहकार्यमा ६ महिनासम्मको ब्रेकेज इन्सुरेन्स सुविधा उपलब्ध रहेको छ । फिजिकल ड्यामेज तथा ब्रेकेजलाई इन्सुरेन्सले कभर गर्नेछ । सक्कल बिल सहित आवश्यक कागजात (६ महिना भित्रको बिल), फोटो सहितको आइडि कार्डको साथ सामसङ सर्भिस सेन्टरमा गई दाबी गर्नु पर्ने छ ।

एनसेल डाटा– एस८ तथा ग्यालेक्सी एस८ प्लसका ग्राहकलाई एनसेलसँगको सहकार्यमा ८ जिबि डाटा ८ मिहनासम्मको लागि (मासिक १ जिबी) प्रदान गरिनेछ ।

वायरलेस चार्जरको खरिदमा ५० प्रतिशत छुट– ग्यालेक्सी एस८का ग्राहकहरुले ५० प्रतिशत छुटमा ५८०० रुपैयाँको वायरलेस चार्जर प्राप्त गर्नेछन् । खरिदको लागि नजिकैको सामसङ ब्राण्ड स्टोरमा मान्य मिति सहितको खरिद बिल पेस गर्नु पर्नेछ । यो योजना स्टक रहुन्जेलसम्म वा अगस्ट महिनाको अन्तिम (जुन अगाडि सकिन्छ) त्यही सम्मलागू हुने छ ।

फोर जी एसएमएस क्याम्पेन – सामसङले आफ्नो एसएमएस एण्ड विन क्याम्पेनलाई निरन्तरता दिंदै एस८ तथा एस८ प्लसमा पनि समावेश गरेको छ । यहाँ ग्राहकले तत्काल रिचार्ज (रु १००० वा रु १००० वा एस८ तथा एस८ प्लसको खरिदमा १०० प्रतिशत वा ५० प्रतिशत छुट पाउनेछन् ।

स्मार्ट एकेडेमी– ग्यालेक्सी एस८ तथा ग्यालेक्सी एस८ प्लस मा धेरैभन्दा धेरै उपयोगी फिचरहरुछन् ।स्मार्ट एकेडेमीको प्रमुख उद्देश्य भनेकै एस८ तथा एस८ प्लसमा भएका फिचरहरुको विस्तृत जानकारी प्रयोगकर्ताहरुलाई दिनु हो । यस एकेडेमीमा प्रयोगकर्ताहरुले साधारणदेखि विस्तृत फोटोग्राफि सम्बन्धी कोर्स लिन सक्नेछन् ।

सर्भिस सेन्टरमा विशेष पहुँच– सुन्धारा र कमलादी स्थित २ सर्भिस स्टेशनहरुमा विशेष पहुँचको सुविधा प्रदान गरिने छ । जस अन्तर्गत कुनै लाइनमा नै नबसी सहज रुपमा सुविधा प्राप्त गर्न सक्नेछन्