काभ्रेपलाञ्चोक – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बनेपा नगरपालिका–९ मगर गाँउस्थित जंगलभित्रको चौरमा तास खेलिरहेका उनीहरुलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–३ बस्ने ३७ वर्षीय कृष्ण कुमार तामाङ लगायत ५ जना रहेका छन् । उनीहरुलाई नगद १ लाख ६२ हजार २० रुपैयाँ, ११ वटा मोटरसाइकल, ४ वटा स्कुटर, १ वटा कार र तास ११ बुक सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।