काठमाडौं – भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनी बीसीसीआईको सेन्ट्रल कन्ट्रयाक्ट लिस्टबाट बाहिरिएका छन् ।


ADVERTISEMENT


बीसीसीआईले बिहीबार सार्वजनिक गरेको २७ खेलाडीको कन्ट्रयाक्टमा धोनीको नाम छैन । धोनीले पछिल्लो पटक २०१९ मा एकदिवसीय विश्वकप खेलेका थिए । त्यसयता उनले भारतका लागि खेलेका छैनन् । त्यसपछि उनले खेल्ने नखेल्ने बारेमा समेत धेरै बहस भएको थियो । यस्तै सन्यास लिने चर्चा समेत चलेको थियो । २०१९ मा उनी ग्रेड ए मा थिए । जस बापत ५ करोड भारु प्राप्त हुन्थ्यो ।


ADVERTISEMENT

# # #


धोनीसँगै अम्बाटे राएडु, दिनेश कार्तिक र खलिल अहेमदले कन्ट्रयाक्ट गुमाएका छन् । नभदिप सैनी मायांक अग्रवाल, दिपक चाहर, शार्दुल ठाकुर, श्रेयास अयेर र वासिङ्गटन सुन्दरले पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा इन्ट्री पाएका छन् । पाँचै जना ग्रेड सी मा परेका छन् । जसबापत उनीहरुले १ करोड भारु पाउनेछन् ।

लोकेश राहुल ग्रेड बी बाट ए मा उक्लेका छन् ।

ग्रेड ए प्लसमा कप्तान विराट कोहली, ब्याट्सम्यान रोहित शर्मा र बलर जसप्रित बुमराह छन् । यस ग्रेडका खेलाडीले ७ करोड भारु पाउनेछन् ।

कन्ट्रयाक्ट अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्म रहनेछ । ग्रेड ए प्लसमा ३ खेलाडी छन् भने ग्रेड ए मा सर्वाधिक ११ खेलाडी छन् । यस्तै ग्रेड बी मा ५ र ग्रेड सी मा ८ खेलाडी छन् ।

बीसीसीआई सेन्ट्रल कन्ट्रयाक्ट लिस्ट २०१९–२०
ग्रेड ए प्लस (७ करोड भारु) : विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह
ग्रेड ए (५ करोड भारु) : रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिन्का रहाने, शिखर धवन, मोहम्मद शामी, इशान्त शर्मा, कुलदिप यादव, ऋसव पन्त, लोकेश राहुल
ग्रेड बी (२ करोड भारु) : उमेश यादव, युजभेन्द्र चाहल, हार्दिक पाण्डे, ऋद्दिमन शाह, मायांक अग्रवाल
ग्रेड सी (१ करोड भारु) : केदार जादव, मनिस पाण्डे, हनुमान विहारी, नवदिप सैनी, दिपक चाहर, शार्दलु ठाकुर, श्रेयास अयेर, वासिंगटन सुन्दर ।