सरकारले विदेशस्थित नेपाली दूतावास र नियोगमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।


ADVERTISEMENT


नेपाल र चीनबीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी संघीय संसदमा जानकारीका लागि पेश गर्ने निर्णय पनि गरेको छ । अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर–जडीबुटी खण्डको सडक विस्तारका लागि सो सडकखण्ड भित्र पर्ने ५ (ख) को कित्ता नम्बर १६९ को ६ आना १ पैसा जग्गा र सो जग्गामा बनेको घर अधिग्रहण गर्न स्वीकृति दिइएको छ ।


ADVERTISEMENT

# # #


निर्माणाधिन लामोसाँघु–जिरी सडकखण्डमा पर्ने सुनकोशी नदी पुलको निर्माण क्षेत्रमा पर्ने आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति दिइएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारण लाईनको ‘राइट अफ वे’ सहित केही टावर संरचना तयार गर्न दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं र भक्तपुर जिल्लाका ५६ वटा सामुदायिक वन लगायत कुल १ सय ३ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको छ ।

विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली लगानी बैंकबाट प्राप्त हुने करीब १२ अर्व ७६ करोड रुपैयाा ऋण सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । इटालियन निर्माण कम्पनी सीएमसीबाट पाउनुपर्ने पारिश्रमिक उपलब्ध गराउने विषयमा श्रमिकले गरेको आन्दोलनमा घाइते भएका बालमुकुन्द अधिकारी र सन्तोष चौधरीको हालसम्मको उपचारमा खर्च भएको १ लाख ४६ हजार ५ सय ४६ रूपैयाा उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गरेको छ ।