कतारले घरेलु आप्रवासी घरेलु कामदारहरुका लागि लागू गर्दै आएको आवागमन सम्वन्धी कानूनमा परिमार्जन गरेको छ । नयाँ परिमार्जनले आप्रवासी घरेलु कामदारहरुलाई केही सहज बनाएपनि लापरवाही गर्ने कामदारहरुले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने छ ।


ADVERTISEMENT


कतारका प्रधानमन्त्री तथा आन्तरिक मन्त्री अब्दुल्लाह बिन नासर बिन खलिफाले कतारी मन्त्रिपरिषद्को सन् २०१९ को निर्णय ९५ जारी गर्दै श्रम कानून अन्तर्गत नपर्ने आप्रवासी कामदारलाई कतार छोड्न आवश्यक पर्ने गमनपत्रको बाध्यता हटाएका छन् । उक्त निर्णयले कतारको राष्ट्रिय श्रम कानूनको दायर भित्र नरहेका घरेलु कामदारहरुलाई कतार छोडेर आफ्नो देश फर्किन यसअघि अनिवार्य गरिएको गमनपत्र ९ खुरुज पत्रअब नचाहिने भएको छ ।


ADVERTISEMENT

# # #


नयाँ नियम अनुसार कतारका मन्त्रालय तथा सरकारी कार्यालयका कर्मचारी, तेल तथा ग्यास कम्पनीका कर्मचारी, समुद्रमा काम गर्ने कर्मचारी, कृषि कम्पनी र अस्थायी प्रकारका सबै कर्मचारीलाई नयाँ नियम लागू हुने छ । बैंक, गर गहना तथा लेखापरीक्षण अन्तर्गत कार्यालयका कर्मचारी मध्ये सबैले एकै साथ बिदा हुन भने पाउने छैनन् । कतारका मालिकले कुल आप्रवासी कामदार मध्ये पाँच प्रतिशत कर्मचारी आफैसँग राख्न पाउने छन् ।

नयाँ नियम अनुसार तत्कालै देखि सन् २०१७ को घरेलु कामदार सम्बन्धी कानून अन्तर्गत पर्ने कामदारले कम्तीमा ७२ घण्टा अघि मालिकलाई जानकारी दिएर कतार छोड्न पाउने छन् । तर मालिकको जानकारी नदिई कतार छोडे पाउनुपर्ने आफ्नो हिसाव नपाउने र आगामी चार वर्षका लागि कतारमा रोजगारी र प्रवेश नै गर्न नपाउने कडा प्रबन्ध गरिएको कतारका सञ्चारमाध्यमहरुले बताएका छन् ।

कतारको यस कदमको आप्रवासीहरुले स्वागत गरेका छन र खुशी तथा उत्साही भएका छन । कतारको राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाल डेक्स प्रमुख प्रोफेसर रमजान अलि मियाँले यसबाट नेपाली कामदारहरुलाई समेत लाभ पुग्ने जानकारी दिए ।