काठमाण्डौ – अहिले देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ ।


ADVERTISEMENT


वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि भइरहेको वर्षा र हिमपात आज दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिनु भयो ।


ADVERTISEMENT

# # #


उहाँका अनुसार शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ ।

भोलि दिउँसोदेखि भने मौसममा सुधार हुने मौसमविद् पोखरेलले जानकारी दिनुभयो ।