दाङ – दाङको चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा शान्तिनगर गाउँपालिका ५ कासिपुरका ४५ वर्षीय चोपिलाल केसीको ज्यान गएको छ ।गएराति पश्चिम हापुरेबाट रगैँजातर्फ जाँदै गरेको रा ५ प २२६९ नम्बरको मोटरसाइकल बबई गाउँपालिका ६ को चिसापानीमा दुर्घना हुँदा मोटरसाईकल चालक केसीको ज्यान गएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


दुर्घटनामा गम्भीर घाइते हुनु भएका केसीलाई उपचारका लागि नेपालगञ्ज लैँजादै गर्दा बाटोमा ज्यान गएको प्रहरीले बताएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


ADVERTISEMENT

# # #