एक महिनाको अन्तरालपछि नेपाली सिनेमा घरमा नेपाली चलचित्र प्रर्दशनमा आएको छ । पुस महिनाको सुरुवात संगै बलिउड चलचित्रले हल कव्जा गरेपनि माघ महिनाको पहिलो शुक्रबार नेपाली कथानक चलचित्र ‘१२ सत्ताइस’ प्रदर्शनमा आएको छ । हलमा अहिलेपनि बलिउड र हलिउड फिल्म रहेकाले कस्तो व्यापार गर्छ त्यो हेर्न बाकी छ ।


ADVERTISEMENT


फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, सम्रान्त थापा, अस्मिता लामिछाने लगाएतको मुख्य भुमिका रहेको छ । ह्याप्पी प्ल्यानेट फिल्मस् र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका छन् भने जोन योञ्जनको निर्देशन तथा कथा रहेको छ । गौतम शाहा सह निर्माता रहेको फिल्ममा अनिश स्याङ्गदेनको छायांकन, कृष्ण भण्डारीको सम्पादन, विक्रम स्वारको कोरियोग्राफी रहेको छ । पुस महिनामा व्यवसायीक सफता नहुने देखिएपछि अधिकांस नेपाली फिल्मले आफ्नो प्रर्दशनको मिति सारेका थिए


ADVERTISEMENT

# # #


फिल्मको ट्रेलर हेर्न :