बेलायती शाही उपाधि छोड्ने फैसलापछि राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले अब शाही उपाधि (रोयल हाइनेस) र सार्वजनिक कोषको प्रयोग गर्न नपाउने भएका छन् ।


ADVERTISEMENT


बकिङ्घम प्यालेसले राजकुमार ह्यारी र उनकी पत्नी मेगनले गत शनिबार यस विषयमा सम्झौता भएको थियो सो सम्झौताअनुसार शाही परिवारको वरिष्ठ सदस्यता छोडेपछि उनीहरुको उपाधि समेत नरहेको हो । यो वर्षको वसन्त ऋतुमा नयाँ व्यवस्था लागू भएपछि ह्यारी र मेगनको शाही परिवारको सक्रिय सदस्यताको दर्जा पनि खारेज हुने बीबीसीले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


उनीहरु केवल ुड्युक अफ् ससेक्स ह्यारी’ र ‘डचेस अफ् ससेक्स मेगन’ को रुपमा चिनिने छन् तर उनीहरुले ‘हिज रोयल हाइनेसु र ‘हर रोयल हाइनेस’ उपाधिको प्रयोग गर्न पाउने छैनन् ।

परम्पराका अनुसार महारानीले आफ्नो शाही परिवारभित्रको पुरुष सदस्यको विवाहको दिन एउटा पदवी दिन्छिन् । ‘ड्युक अफ् ससेक्स’ का पदवी खाली थियो र बेलायतको शाही ताजको उत्तराधिकारीको क्रममा छैठौँ स्थानमा रहेका ह्यारी सम्भावित विकल्प हुने आशा थियो ।

यद्यपि ह्यारी राजकुमार र बेलायती शाही गद्दीको छैटौ सदस्य भने बनिरहने छन् ।