एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले ब्राजिली युवा स्टार रिनियर जिससलाई क्लबमा अनुबन्धन गरेको छ ।रियलले १८ बर्षका युवा स्टार जिससलाई २६ मिलियन पाउण्डमा क्लबमा अनुबन्धन गरेको हो ।


ADVERTISEMENT


जिससले स्पेनिस क्लबसंग ६ बर्षको सम्झौता गरेका छन् । उनले गत बर्षमात्र सिनियर स्तरको प्रतियोगितामा फ्लामेन्गोबाट डेब्यु गरेका थिए ।


ADVERTISEMENT

# # #


क्लबले गत सिजन घरेलु लिग उपाधि जित्दा उनी टिमका महत्वपुर्ण सदस्य थिए । जिसस सन् २०१८ मा दुबईमा भएको यू–१६ विश्वकपका सर्वाधिक गोलकर्ता थिए । जहाँ क्लबले फाईनलमा रियल मड्रिडलाई पराजित गरेको थियो ।

उनले कतारमा क्लब विश्वकप समेत खेलेका थिए ।