पुरातात्त्विक महत्त्व बोकेको कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा रहेका बहुमूल्य धातुका मूर्तिमध्ये सबैभन्दा ठूलो भगवान् दत्तात्रयको मूर्ति भेटिएको छ।
चन्दननाथ नगरपालिका -१ मा पर्ने दानज्युलोमा मूर्ति भेटिएपछि स्थानीयले प्रशासनलाई खबर गरेका थिए।खेतमा पानी लगाउन गएका बेला आफूसहित तीन जनाले आलीमा मूर्ति देखेपछि स्थानीय प्रशासनलाई खबर गरेको तलिचौरका लोकेन्द्र बताए।
विस २०७३ साल मङ्सिर ११ गते चोरी भएका मूर्तिमध्ये दत्तात्रय भगवान्को त्रिमुखा मूर्ति भेटिएपछि स्थानीय बासिन्दाले अबिरजात्रा गरेर मूर्ति भित्र्याएका थिए ।