सुुर्खेत – यातायात व्यवस्था कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट सवारी चालक अनुमति पत्र -लाइसेन्स_ वितरण गर्न सुरु गरेको छ । यो सँगै कर्णाली प्रदेशबाट लाइसेन्स लिनका लागि अर्को प्रदेशमा जानुपर्ने बाध्यता हटेको छ । यहाँबाट लाइसेन्स वितरण नहुँदा यस अघि प्रदेश नं ५ को नेपालगञ्जमा गएर सेवाग्राहीले लाइसेन्स लिनुपर्ने बाध्यता रहेको थियो ।


ADVERTISEMENT


सुर्खेतमा यातायात व्यवस्था कार्यालय स्थापना भएको लामो समय बितिसक्दा पनि यहाँबाट लाइसेन्स वितरण हुन सकेको थिएन । एक वर्षअघि यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र ९लाइसेन्स० वितरण गर्न अनुमति पाए पनि कर्मचारी र पूर्वाधार अभावले लाइसेन्स वितरण गर्न नसकेको बताउँदै आएको थियो ।


ADVERTISEMENT

# # #