काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले यातायात व्यवस्था कार्यालय ठुलोभर्‍याङ, स्वयम्भूमा सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा दुई हजारको दरले पास गराईदिन्छु भन्ने ब्यक्तिलाई पक्राउ गरि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी बृत्त, स्वयम्भूमा बुझाईएको छ ।


ADVERTISEMENT


पक्राउ पर्ने ब्यक्तिहरूमा बाजुरा जिल्लाको जुगाडा गाउँपालिका वडा नम्बर (६) घर भई हाल काठमाडौ जिल्ला ठुलोभर्‍याङ बस्ने मान बहादुर रोकाया र
धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर (४) घर भई हाल काठमाडौको स्वयम्भू बस्ने गणेश गुरुङ रहेका छन्।


ADVERTISEMENT

# # #