कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनमा आएको छ । प्रदेशमा रहेका अपूरा आयोजनालाई निष्कर्षमा पुर्‍याउने तथा सञ्चालनमा रहेका आयोजनाहरुको मर्मतसम्हार तथा संरक्षण गर्ने उद्धेश्यसहित कर्णाली प्रदेश सरकारले उज्यालो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।


ADVERTISEMENT


पहिलो चरणमा आर्थिक तथा प्राविधिक कारणले निर्माण कार्य पूरा हुन नसकेका कर्णालीका विभिन्न जिल्लामा रहेका लघु तथा साना जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने दावी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मीकुमारी वस्नेतले त्यसका लागि आवश्यक वजेटको व्यवस्था हुने जानकारी दिनुभयो । प्रदेश राजधानी सुर्खेतमा आज एक कार्यक्रमबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र बीच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीका ग्रामीण क्षेत्रमा राष्ट्रिय विद्युत प्रशारण लाईन विस्तार गर्न केही समय लाग्ने भएकोले लघु तथा साना जलविद्युत आयोजनाको निर्माण आवश्यक रहेको वताउनुभयो ।