काठमाडौँ – बुध्द एयरले प्रदेश २ को अर्को महत्वपूर्ण शहर राजविराजमा पनि उडान सुरु गर्ने भएको छ । बुद्ध एयरलाइन्सले माघ १८ गतेदेखि दैनिक उडान सुरु गर्ने भएको हो ।


ADVERTISEMENT


उडानको समय काठमाडौंबाट ११ः२५ र राजविराजबाट १२ः२० राखिएको बुद्ध एयरले जनाएको छ । कम्पनीका अनुसार उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ ।


ADVERTISEMENT

# # #


यो उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्ने एयरलाइन्सको विश्वास छ ।

दैनिक उडानले पर्यटन पर्वद्धनका साथै भिजिट नेपाल २०२० लाई पनि टेवा पुग्ने बुध्द एयरको विश्वास छ । पर्यटकको आउजाउसँगै स्थानीय स्तरमा रोजगारीको साथै आर्थिक वृद्धि हुनेछ ।

राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो । त्यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ ।

राजविराज उडानले सिमापारीका सहरसा, सुपौल, निर्मली, बीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडीया, लौकहालाई पनि सजिलसँग जोड्न सकिन्छ । यसबाट दुबै देशका पर्यटकहरुलाई फाईदा पुग्नेछ ।