काठमाडौँ – अखिल नेपाल फुटबल एशोसिएसन (एन्फा) र इङ्गल्याण्डको फुटबल संघ दि फुटबल एशोसिसन (एफए)बीच मैत्रीपूर्ण फुटबल आयोजना गर्नेसम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र एफएका नेसनल लिग सिस्टम प्रमुख लउरेन्स जोन्सले समझदारी पत्र (एमओयु)मा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार दुबै पक्षले इङ्गल्याण्डको पुरुष सी टिम र नेपालको पुरुष राष्ट्रिय टिमबीच मैत्रिपूर्णको आयोजना गर्ने छन् ।


ADVERTISEMENT

# # #


जसअनुसार इङ्गल्याण्डको अल्डरसट टाउन फुटबल क्लबको मैदानमा आगामी मे २५ मा इङ्गल्याण्डको पुरुष सी टिम र नेपालको पुरुष राष्ट्रिय टिमबीच मैत्रिपूर्ण खेल हुनेछ । त्यसपछि सन् २०२१ मा नेपालले इङ्गल्याण्डको पुरुष सी टिमलाई नेपालमा मैत्रिपूर्ण खेलका लागि स्वागत गर्नेछ । एम्फाका अध्यक्ष शेर्पाले एफएसँग समझदारी गर्न पाउँदा खुसी लागेको बताए । ‘हाम्रो फुटबलको प्रचार र विकासका लागि एफएसँग यो समझदारी गर्न पाउँदा अत्यन्तै हर्षित छौँ ।’ उनले भने, ‘यो हाम्रा लागि सुवर्ण अवसर हो । यसका लागि सहयोग गर्ने बेलायतस्थिगत नेपाली दूतावास लगायतलाई धन्यवाद दिन चाहन्छौँ ।’

सम्झौतापछि बोल्दै एफएका नेसनल लिग सिस्टम प्रमुख लउरेन्स जोन्सले सम्झौताले एम्फा र एफएबीचको सम्बन्ध थप प्रगाढ बनाउने सविश्वास व्यक्त गरे । मैत्रिपूर्णले युवा खेलाडीहरुलाई इङ्खल्याण्ड फुटबलको माथिल्लो स्तरमा पुग्नका सहयोग गर्ने उनले बताए । ‘मलाई लाग्छ, इङ्गल्याण्डमा रहेका नेपाली समुदाय यस मैत्रिपूर्णका लागि अत्यन्तै उत्साही हुनुहुन्छ ।’ उनले भने, ‘अल्डरसटमा एक रोमाञ्चक प्रतिस्पर्धा हुनेछ । त्यसका लागि नेपाली राष्ट्रिय टिमलाई स्वागत गर्न हामी आतुर छौँ ।’

सन् २०१९ मा एन्फा अध्यक्षले गरेको बेलायत भ्रमणमा नेपाली टिमलाई त्यहाँ खेलाउने सम्बन्धी बेलायती फुटबल संघसँग अनौपचारिक कुराकानी भएको थियो ।