बर्दिवास– स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले छिट्टै बाढीपीडितका लागि राहत प्याकेज वितरण शुरु गरिने बताएका छन् ।


ADVERTISEMENT


सोमबार महोत्तरी जिल्लाको बर्दिवास, लोहारपट्टि, सिंग्याही, रामगोपालपुर र मटिहानीसहितका बाढी प्रभावित ठाउँको हवाई र स्थलगत निरीक्षण गरेपछि साँझ बर्दिवासमा आयोजित अन्तरक्रियामा मन्त्री पोखरेलले सरकार ठोस योजना बनाएर राहत र पुनःनिर्माणका काम सञ्चालन गर्ने तयारीमा रहेको बताए ।


ADVERTISEMENT

# # #


सबैभन्दा पहिले बाढीले नोक्सान पुर्याएका सडक, खानेपानी, सिँचाइ र स्वास्थ्य संस्थाका संरचनाको मर्मत सम्भार र पुनःनिर्माणलाई प्राथमिकता दिइने मन्त्री पाखरेलको भनाइ थियो । महोत्तरीमा बाढीले ताण्डव मच्चाएर सडक, खानेपानी, सञ्चार, बिजुली, स्वास्थ्य संस्था र विद्यालयसहितका संरचना तहसनहस पार्दा जनजीवन अत्यन्त प्रभावित भएको मन्त्री पोखरेलले जानकारी दिए ।

सरकारले छिट्टै राहत कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको मन्त्री पोखरेलको भनाइ थियो । महोत्तरीमा बाढीको प्रकोप निरीक्षण गर्न हेलिकप्टरबाट आएका मन्त्री पोखरेल यहाँका स्थानीय सरकारी अधिकारीलाई बाढीपछिको राहत, उद्धार कार्यक्रमको संयोजन गर्न निर्देशन दिएर साँझ काठमाडौँ फर्किए ।