उर्लाबारी, मोरङ– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।


ADVERTISEMENT


बिहान ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प ६७५५ नंको मोटरसाइकललाई जोगाउने क्रममा विपरीत दिशाबाट आउँदै गरेको को १ ख २७५२ नंको बुद्घ यातायातको बस पथरीशनिश्चरे–१० जिरीखिम्तीको डाँस खोलामा पल्टिँदा उर्लाबारी–१ बस्ने नरेन्द्र श्रेष्ठकी पाँच बर्षीया छोरी नदीना श्रेष्ठको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा तीनजना यात्रु गम्भीर घाइते भएका छन् । उनीहरुको न्यूरो अस्पताल विराटनगरमा र सामान्य घाइते सातजनाको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको छ ।

बस घटनास्थलमै रहेको र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए । रासस