काठमाडौँ– संयुक्त विद्यार्थी संगठनले तराईमा बाढीका कारण मृत्यु भएका परिवारलाई १० लाख दिन सरकारसंग आग्रह गरेको छ ।


ADVERTISEMENT


अनेरास्ववियु, नेविसंघ, अखिल क्रन्तिकारी, नेपाल लोकतान्त्रिक विद्यार्थी फोरम, समाजवादी विद्यार्थी फोरम र नयाँशक्ति विद्यार्थी युनियनले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै बाढीका कारण तराईमा ज्यान गुमाएका मृतकका परिवारलाई सरकारले दिने भनिएको २ लाखलाई बढाएर १० लाख पुर्याउन आग्रह गरेका हुन् । साथै संयुक्त विद्यार्थी संगठनले संसद् र स्थानीय तहका सबै जनप्रतिनिधिहरुबाट एक महिनाको र राष्ट्रिसेवक कर्मचारीबाट एक हप्ताको तलब बाढी पीडितलाई छुट्याउन पनि अनुरोध गरेको छ ।


ADVERTISEMENT

# # #


जारी विज्ञप्तीमा बाढी पीडितको सहयोगार्थ संयुक्त विद्यार्थी संगठनको तर्फबाट ३ लाख ५० हजार प्रधानमन्त्री राहत कोषमा बुझाउने निर्णय भएको पनि बताइएको छ । संगठनले राहत तथा उद्दारका कार्यलाई प्रभावकारी बनाउन पनि सरकारसंग माग गरेको छ ।

यस्तै सबै विद्यार्थी संगठनले पीडितको सहयोगका लागि आ–आफ्नो कमिटिलाई परिचालन गर्ने निर्णय पनि गरेको छ ।