काठमाडौँ – आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, अमेरीका विरुद्धको त्रिकोणात्मक सिरीजका लागि ओमानले अन्तिम टोलिको टुंगो लगाएको छ । ओमान क्रिकेटले बुधबार सार्वजनिक गरेको टोलीमा १४ जना अटेका छन् ।


ADVERTISEMENT


नेपाल, अमेरीका विरुद्ध सिरिजका लागि ओमानले नामिविया विरुद्धको सिरीजमा खेलेका खेलाडीलाई नै निरन्तरता दिएको छ । जिसान मक्सुदको कप्तानीमा रहेको टिममा अकिब ल्यास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राइम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौड, मुहम्मद नदिम, जय ओडेडा, बादल सिंह, अहमेद फैज बुट, कलिमुल्ला, बिलाल खान छन ।


ADVERTISEMENT

# # #


टिम अफिसियलमा ब्यवस्थापकमा मधु जेसरानी, प्रशिक्षक श्रीलंकन दुलिप मेन्डिस, सहायक प्रशिक्षक मजहार सलिम खान, फिजियो सेअन न्वाक छन ।

त्रिकोणात्मक सिरिज काठमाडौँमा ५ फ्रेब्रुअरीदेखि सञ्चालन हुँदैछ । जसका लागि अमेरिकाले यसअघि नै आफ्नो अन्तिम टिम घोषणा गरिसकेको छ । यता नेपाल भने पोखरामा बन्द प्रशिक्षण गरिरहेको छ । जसअन्तर्गत नेपालले मलेसियाको टिमसँग तीनवटा एकदिवसीय खेल खेलिरहेको छ ।

सिरिजका लागि शुक्रबार नेपालको अन्तिम टोलिको टुंगो लाग्ने बताइएको छ । प्रतियोगितामा प्रत्येक टिमले प्रत्येक टिमसँग २–२ खेल खेल्नेछन् । अर्थात् एउटा टिमले चारवटा एकदिवसीय खेल खेल्नेछ ।

प्रतियोगिताको अंक तालिकामा ओमान आठ अंकका साथ चौथो स्थानमा रहेको छ । ओमान टिम प्रतियोगिता भन्दा तीन दिन अगाडी काठमाडौं आइपुग्ने बताइएको छ । जारी लिगमा ओमानले ८ खेलमा चार जित दुई हार ब्यहोरेको छ ।

यता आठ खेलमा ६ जितसहित १२ अंकका साथ शीर्ष स्थानमा रहेको अमेरिकाले सिरिजका लागि भारतको मुम्बईमा अभ्यास गर्नेछ । त्यहाँ रहँदा उसले मुम्बईको टिमसँग केही एकदिवसीय खेल खेल्ने बताइएको छ ।