कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिकाले चालू आवका लागि रु ४५ करोड बढी बजेट विनियोजन गरेको छ । बेदकोट नगरपालिकाको प्रथम नगर सभाबाट रु ४५ करोड ५५ लाख ४४ हजार बजेट विनियोजन गरिएको हो ।


ADVERTISEMENT


नगर सभाबाट चालू आवको बजेटसहित नीति र कार्यक्रम सर्वसम्मतिले पारित गरिएका छन् ।


ADVERTISEMENT

# # #


नगरपालिकाले विनियोजित बजेटमा संघीय सरकारको वित्तीय समानीकरणअन्तर्गत रु २५ करोड नौ लाख, संघीय सरकारको सशर्त अनुदान रु नौ करोड ९३ लाख र आन्तरिकबाट रु ८० लाख आम्दानी हुने अनुमान गरिएको छ । नगर सभाले सामाजिक सुरक्षाका लागि रु आठ करोड बजेट अनुमान गरेको छ ।

नगर सभाबाट रु १९ करोड १० लाख ६५ हजार पूँजीगत खर्च रु पाँच करोड ५० लाख चालू खर्च पारित गरिएको छ । वडाबाट आएका योजनाका लागि रु तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ । नगर कार्यपालिकाको पहिलो बैठकबाट निर्णय गरिएको अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिलाउने प्रक्रियाका लागिसमेत रु सात लाख बजेट विनियोजन गरिएको छ ।

बेदकोटमा सबै वडालाई रु ३२÷३२ लाख बजेट विनियोजन गरिएको छ । बेदकोटका प्रमुख अशोककुमार चन्दले वडामा भौतिक पूर्वाधार, स्वास्थ्य चौकी, शिक्षाका लागि वडालाई रु ३२ लाखका दरले बजेट विनियोजन गरिएको बताए।

प्रमुख चन्दले सामाजिक सुरक्षा, कृषि, वन, स्वास्थ्य, महिला तथा बालबालिका, म्याचिङ फण्ड, विपन्न समुदाय उत्थान, ग्राभेलिङ, सांस्कृतिक क्षेत्र विकास, छाडा पशु चौपाया नियन्त्रणलगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको बताए ।

कार्यक्रममा प्रमुख चन्दले नीति तथा कार्यक्रम र उपप्रमुखले चालू आवको बजेट प्रस्तुत गरेका थिए । नगरपालिकाले आर्थिक समृद्धि र विकासका लागि ‘एक घर एक सीप, रोजगारीको आधारः समृद्ध बेदकोट नगर समाजवादको पूर्वाधार’ नीति कार्यान्वयन गरिने लक्ष्य लिएको छ ।