एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग बीबीएल क्रिकेटमा शनिबार ब्रिसबेन हिटसँग खेल्दैछ ।


ADVERTISEMENT


लिगको १४ औं खेलमा मेलबर्नले ब्रिसबेनसँग घरेलु मैदानमा खेल्न लागेको हो । खेल नेपाली समय अनुसार अपरान्ह १:५५ मा सुरु हुनेछ । ब्रिसबेनसँगको खेलका लागि घोषणा गरेको १३ सदस्सीय टिममा सन्दीप परेका छन् ।


ADVERTISEMENT

# # #


यस सिजन सन्दीपले १२ खेलमा १४ विकेट हात पारिसकेका छन् । ब्रिसबेनविरुद्ध मैदान उत्रिँदा मेलबर्न ११ औं जितको खोजीमा हुनेछ ।

मेलबर्न १३ खेलमा १० जितसहित २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।